• Home
  • अर्थ
  • तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य
Image

तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौ,  ३१ जेठ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।

यससँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

म‌ंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । सोमबारको तुलनामा ३०० रुपैयाँले बढेर सुनको मूल्य कारोबारमा आएको महासंघले जनाएको थियो । तर, बुधबार एकै दिन तोलामा ९०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यस्तै, बुधबार चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *