• Home
  • अर्थ
  • राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज
Image

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज

काठमाडौ,  ३१ जेठ । राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा बुधबार बस्दैछ । सभा अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ ।  साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सानसम्बन्धी प्रस्तावहरु पनि पे; गरिँदै छ । 

यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *