• Home
  • अर्थ
  • कालिमाटीमा सबैभन्दा सस्ताे गाेलभेडा, ७ रूपैयाँ मै पाइने
Image

कालिमाटीमा सबैभन्दा सस्ताे गाेलभेडा, ७ रूपैयाँ मै पाइने

काठमाडौ,  ३१ जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्य सार्बजनिक गरेकाे छ । 

जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महङ्गो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आभोकाडो प्रतिकेजी ५५० रुपैयाँ रहेको छ भनृ गोलभेडा (नेपाली), लाम्चो भन्टा, घिरौला, चिचिण्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा (भारतीय), तने बोडी, हाइब्रीड घिउ सिमी, तितो करेला र भेडे खुर्सानी ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा ताेकिएकाे छ ।

यसैगरी, लाकेल गाँजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, परवर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *