• Home
  • Uncategorized
  • Gyanda Academy द्वारा विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि “Breaking the Glass Ceiling “शीर्षक तालिम सम्पन्न

Gyanda Academy द्वारा विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि “Breaking the Glass Ceiling “शीर्षक तालिम सम्पन्न

बिरगंज ,जेष्ठ २९ ,सोमबार।

ज्ञानदा एकेडेमीको सहयोगमा ज्ञनादा एकेडेमी के बहुउद्देशीय सभा हलमा Birgunj Computer Institute, English.com, Disha Study Basket, New Popular English Language and Computer Institute, Prarup Education Foundation, Pragati Education Centre को संयुक्त आयोजनमा “Breaking the Glass Ceiling ” कार्यक्रम गरिएको प्रगति एडुकेशन फाउनडेशनका निर्देशक वाशिम हुसैनले जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सानो पाइला संस्थाका अध्यक्ष कञ्चन झा हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व English.com का निर्देशक दिगम्बर थापाले गर्नुभयो । यसै गरी विशिष्ट अतिथिहरुमा वीरगंज कम्प्यूटर इन्स्टिट्यूटका निर्देशक जयनारायण चौधरी, दिशा स्टडी वास्केटका निर्देशक इन्जिनियर राज कुशवाहा, न्यू पपुलर इंगलिश ल्याइवेज एण्ड कम्प्युटर इन्स्टिट्यूटका निर्देशक विवेक गुप्ता, प्रारूप एजुकेशन फाउनडेशनका निर्देशक दिलिप प्रजापति, प्रगति एडुकेशन फाउनडेशनका निर्देशक वाशिम हुसैन, ज्ञानदा एकेडेमीका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम विद्यार्थीहरुको व्यक्तित्व विकासमा हामी सबैको के कस्तो भूमिका हुनुपर्छ र उनीहरुको भविष्य सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने उद्देश्य रहेको उक्त कार्यक्रम नितान्त विद्यार्थीहरु मै केन्द्रित रहेको थियो ।

प्रमुख अतिथि सानो पाइलाका अध्यक्ष कञ्चन झाले अहिले सन्दर्भमा सबैले आफूलाई चिनेर आफू भित्र भएको प्रतिभालाई कसरी प्रस्तुत गराउन सकिन्छ र दीगो आत्मविश्वास राख्दै डरको भावनालाई त्याग्दै प्रगति पथमा आउने बाधाहरुवाट हरेस नखाई लक्ष्यलाई केन्द्रित गर्दै लानुपर्छ भन्ने निकै प्रेरणादायी कुराहरु उल्लेख गरेका थिए ।

त्यस्तै सभापतिको आसनबाट दिगम्बर थापाले पनि “सङ्घर्षमय जीवनबाट नहडबडाई संयम राख्दै अगाडि बढेमा अवश्य पनि सोचेको लक्ष्यप्राप्त गर्न सकिने । जस्तासुकै परिस्थितिमा पनि समयानुकुल आफूलाई ढालेर कार्य गर्न सकिने व्यक्ति नै सफलताको शिखरमा पुग्न सक्ने” कुरालाई व्यक्त गर्नुभयो ।

दोस्रो चरण अन्तर्गतको कार्यक्रममा तालिम को संचालन ज्ञानदा एकेडेमीका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले गर्नु भएको थियो । उक्त तालिम अन्तर्गत भविष्यमा आइपर्ने जस्तोसुकै कठिनाई र बाधा एवं व्यवधानलाई कसरी पन्छाउन सकिन्छ, भविष्यमा आफूले लिएको लक्ष्यलाई प्राप्त गर्न के के गर्नुपर्छ, नयाँ नयाँ चुनौतीहरुलाई कसरी सामना गर्नुपर्छ। आदि कुराहरुमा केन्द्रित रहि तालिम प्रदान गरिएको थियो । त्यसै गरी कार्यक्रममा इन्जिनियर राज कुशवाहा र आदत साहीरले पनि आफ्नो मन्तव्य राख्नुभएको थिए ।

उक्त कार्यक्रममा विभिन्न इन्स्टिट्यूटका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रको सहजिकरण ज्ञानदा एकेडेमीका शिक्षक गौतम मान उदास, स्वागत मन्तव्य दिलिप प्रजापति र धन्यवाद ज्ञापन वशिम हुसैनले गर्नु भएको थियो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *