• Home
  • अर्थ
  • अरुण भ्याली हाइड्रोपावरको भोलि बुक क्लोज
Image

अरुण भ्याली हाइड्रोपावरको भोलि बुक क्लोज

काठमाडौ,  २९ जेठ । अरुण भ्याली हाइड्रोपावरको असार ७ गते विशेष साधारण सभा बस्ने भएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ । 

विशेष सभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गर्नेछ । सोमबारसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् । 

यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । 

हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि  पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ । 

यस्तै, अरु बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ । 

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni २ दिन अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni २ दिन अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni २ दिन अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *