Trending

१३ वर्षमै यौन दुव्र्यवहार भोगेकी सोनम

1.2kViews
0 Shares

मुम्बई, २६ जेठ । अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् ।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् ।

सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुव्यर्वहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन् । घटनाबारे उनले कसैलाई सुनाइनन् । यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन् ।

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुव्यर्वहारको शिकार हुन्छ । मलाई थाहा छ कि मैले पनि दुव्यर्ववहार भोगेकी थिएँ । त्यो मेरा लागि ठूलो चोट थियो । यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ । मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन् । सोनमका अनुसारा यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो । जहाँ उनी आफ्ना साथीहरुका साथ फिल्म हेर्न गएकी थिइन् ।

‘सबै मानिसहरु केही खानेकुरा किन्न बाहिर गएका थिए । त्यही बेला एक मानिस पछािडबाट आएर मेरो छाती थिच्यो । त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन । मेरो छाती थिचेपछि म कामें । मलाई थाहा थिएन कि यो के भइरहेको छ । त्यसपछि म भित्र गएर पुरै फिल्म हेरें । त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय