• Home
  • प्रदेश नं १
  • नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार
Image

नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार

खोटाङ, २५ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न शीर्ष नेतालाई गुहारिएको हो ।

शाही र अधिकारी मालिक रहेको निर्माण कम्पनी सहितको जेभीले खोटाङ र उदयपुर जोड्ने महुरे–फोक्सिङटार सडकको दुई खण्डको कालोपत्रेको काम अलपत्र पारेकाले कारबाहीका लागि सम्वन्धित दलका शिर्ष नेतालाई पत्र पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । 

महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानी (राजापानी) २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का भारत कन्ट्रक्सन/सिद्धीशाही जेभीले लिएको छ । शाही सिद्धिसाहीका मालिक हुन् । यस्तै, फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक कालोपत्रेको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ । मैनाचुलीका मालिक अधिकारी हुन् । कांग्रेस डोल्पाका सभापति रहेका शाही र २०७९ मा प्रदेश सांसदमा पराजित भएका थिए ।

झापा निवारी अधिकारी एमाले नेता हुन् । ‘ठेक्का लिने अनि राजिनीतिक शक्ति केन्द्रको आडमा वर्षौंसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ,’ मेयर भट्टराईले भने, ‘प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।’

नगरपालिकाले १५ दिनभित्र सम्वन्धित नेता ठेकेदार आ–आफ्नो निर्माणस्थलमा नफर्किए देउवा र ओलीको घरदेखि पार्टी कार्यालयमा धर्ना दिने उल्लेख गरेको छ । नगरले नेता ठेकेदारको बचाउन नगर्न र कारबाहीको दायरामा ल्याउन सहयोग गर्न भन्दै ओलीलाई जेठ २४ गते र देउवालाई जेठ १८ गते पत्र पठाएको हो । 

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *