भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काबुल, २५ जेठ । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।
सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए।
‘चालकको लापरवाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।
दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि