सेयर बजार ४.६८ अंकले बढ्याे
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, २४ जेठ । सेयर बजार बुधबार ४.६८ अंकले बढेकाे छ । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा आएको हाे ।
एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
पछिल्ला दिनहरुमा दैनिक सेयर खरिदबिक्री रकम (टर्नओभर) पनि वृद्धि हुन थालेको छ । सामान्ययतयः नेप्से सूचक सकारात्मक बन्न थालेपछि खरिदबिक्री रकममा पनि वृद्धि हुने गरेको पाइन्छ ।
2,368,815,635.92
यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ कराेड ८८ लाख १५ हजार ६३५ रुपैयाँकाे कारोबार भएको छ ।
१० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् ।
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि