For Youtvnepal long gif
  • Home
  • राजनीति
  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिव रोर्बटबीच भेटवार्ता
Image

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिव रोर्बटबीच भेटवार्ता

काठमाडाैं, २३ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धी संगठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएड बिच शिष्टाचार भेटवार्ता भएको छ ।

 
अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएड बिच सिंहदरबार स्थित संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निशस्त्रीकरणको पक्षधर भएको बताए ।

 ‘सबै प्रकारका हतियारको निशस्त्रिकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रही आएको छ,’ उनले भने, ‘नेपाल हात–हतियार दौडको विरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्व र सम्पूर्ण निशस्त्रिकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरुप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’

अध्यक्ष तिमिल्सिनाले संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरुको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताए ।

 नेपाल शान्ति र अहिंसाका प्रर्बद्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराए । सिटिबिटीयोका कार्यकारी सचिब फ्लोएडले  पश्चिम अफ्रिका र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धी अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धी अनुमोदन हुने विश्वास ब्यक्त गरेका थिए ।

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ३ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ४ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ४ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *