• Home
  • खेलकुद
  • ब्रेन्टफोर्डलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन विजयी
Image

ब्रेन्टफोर्डलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन विजयी

काठमाडौं । पुष २८ गते
साउथह्याम्पटनले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए ।

अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २–१ गोल अन्तरले अघि रहेको थियो । खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टिमको अग्रता ३–१ को बनाएका थिए ।त्यसपछि खेलको ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४–१ ले विजयी भएको थियो । जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *