• Home
  • अर्थ
  • इङवा हाइड्रोपावरको आजबाट आईपिओ निष्काशन
Image

इङवा हाइड्रोपावरको आजबाट आईपिओ निष्काशन


काठमाडौं, बैशाख १३ गते  । इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गरेको छ ।कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ ।

यस आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपिओ जारी गरेको हो ।

त्यस्तै, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ ।बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।। यो आईपिओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *