Trending

भारतीय मिसाइल र बममा अभिनेत्री रविना टण्डनको नाम

1.4kViews
0 Shares

काठमाडौं, वैशाख ४ गते । सामान्तया फिल्ममा कुनै रुखलाई मायाको निशानीको रुपमा देखाइन्छ त कहिले भित्तालाई मायाको शब्दले भिजाइएको रुपमा प्रस्तुत गरिन्छ ।यस्ता दृश्य देशका हरेक सहरका कुनाकुनामा देखिन्छन्, जहाँ प्रेम डुबेका जोडीहरु यस्ता किस्सा सुनाएर रमाइलो मान्छन् । तर यदि कुनै अभिनेत्रीको नाम बम र मिसाइलमै लेखियो र ती हतियार उसको विपक्षी देशलाई सप्रेम भेट उपहारका रुपमा दिइँदा त्यो हतियार निकै घातक साबित हुन्छ । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीमा पनि यस्तै एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ ।

यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय मिसाईल र बम निकै लोकप्रिय थिए । किनकी ती मिसाईल र बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो ।

९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रुपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रबिना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए ।

सन् १९९९ मा जब कारगिल युद्ध शुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए ।

उनीहरुले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै मिसाईल र बम पठाएका थिए । त्यो तस्वीर उसबेला निकै भाइरल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय