• Home
  • जिवनशैली
  • ३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन ।
Image

३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन ।

३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन ।
४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न. वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए।उनले पढे लेखेका युवाहरु यतिकै घरमा बस्नुपरेको अवस्थामा यस तालिमबाट प्राइभेट कम्पनी फर्म, सरकारी तथा गैरसरकारी संघ,संस्था,निजी ब्यपार ब्यबसाय संचालन गर्न वा रोजगार कार्यमा राहत होस् ,भन्ने ऊद्देश्य रहेकोले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष स्वर्णकारले सहभागीहरुलाई आग्रह गर्नु भएको थियो।तालिम उद्घाटन समारोहमा वडा सचिव दिनेश प्रसाद कुशवाहा,वडा सदस्य अब्दुल कलाम,राजीव कुमार श्रेष्ठ,महिला सदस्य संगीता दास,बरकुतिन नेसा, प्रशिक्षक बंशीधर गुप्ता, स.प्रशिक्षक अभिजित चौधरी लगायत तालिममा २५ जना सहभागीहरुको उपस्थिती रहेको थियो।यु डि बाइ सेफका अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *