• Home
  • Uncategorized
  • यस्ता छन्, फर्सी,बेथे र लट्टे साग खानुका फाईदाहरु
Image

यस्ता छन्, फर्सी,बेथे र लट्टे साग खानुका फाईदाहरु


काठमाडौं, फगुन १४ गते । फर्सीको साग हाम्रो करेसा बारी सजिलै उमार्न सकिने सब्जी हो ।फर्सीको मुन्टा भन्नसाथ तपाईंको मुखमा पानी आउँछ । धेरैका लागि यो स्वादिलो सब्जी हो । बेथे र लट्टेको स्वाद पनि तिख्खर हुन्छ । अतः यी सबै अहिलेको मौसमी सागपात हुन् ।

मौसम अनुकुल सागपात किन खाने यसका दुई कारण छन् । एक, यसमा असली स्वाद पाउन सकिन्छ । दोस्रो, आवश्यक पौष्टिक तत्व पाइन्छ ।हुन त हामी वेमौसमी खानेकुरा खोजिरहेका हुन्छौ । तर, वेमौसमको खानेकुरा शरीरका लागि त्यती लाभदायक हुन्दैन । किनभने वेमौसमी उत्पादनका लागि कृतिम शैली अपनाइन्छ ।

प्राकृतिक रुपमा उब्जाउ भएको हुँदैन । त्यसैगरी वेमौसमी खानेकुरा फलाउन, भण्डारण गर्न केही यस्ता तरिका अपनाइन्छ, जो त्यती स्वस्थ्यकर हुँदैन । अहिले वषरयाम सुरु भइसकेको छ । यतिबेला फर्सीको मुन्टा, बेथे, लट्टे जस्ता सागपात प्रशस्तै पाइन्छ । यी सागपात निकै लाभदायक हुन्छ, स्वास्थ्यका लागि ।

फर्सीको मुन्टा फाइबरको राम्रो स्रोत हो । यसले पाचन यन्त्रलाई राम्रो बनाउँछ । यसमा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन पाइन्छ । साथै यो आइरन, फस्फोरस जस्ता खनिज पदार्थको स्रोत पनि हो । यसमा फाइबर त पाइने नै भयो ।

फर्सीको पात तथा मुन्टाको सेवनले हामीलाई कतिपय रोगको संभावनाबाट टाढा राख्छ । फर्सीको मुन्टा खासगरी उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता रोगबाट बच्न लाभदायक हुन्छ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्न पनि यो उपोगी हुन्छ । यसमा पाइने पोटासियमले पाचन यन्त्रलाई चुस्त राख्छ ।

कतिपयलाई औधी स्वाद लाग्छ, लट्टेको साग । वैशाखदेखि जेठसम्मको अवधीमा लट्टेको साग पर्याप्त पाइन्छ । यो सजिलै उम्रने र हुर्कने भएकाले सस्तो पनि पर्छ । साथै यसमा किटनासक लगायत हानिकारक तत्व प्रयोग हुने संभावना पनि न्युन हुन्छ ।

लट्टेको व्यवसायिक खेती गरिएको त्यती पाइदैन । सिजनमा अनुकुल माटोमा सजिलै उम्रने भएकाले यसको व्यवसायिक खेती नभएको हुनसक्छ । जे भएपनि लट्टेको साग भने स्वास्थ्यका लागि निकै लाभदायक छ ।

लट्टेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

बेथेको साग दुई किसिमको हुन्छ, एक सामान्य हरियो पात भएको । अर्को पातमा रातो भएको । दुबै किसिमको साग निकै लाभदायक हुन्छ ।

खासगरी खोकी, पेटको समस्या, कब्जियतमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ ।

बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औषधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ। यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ । बेथेको सागमा सेलिनियम, ओमेग थ्रि पनि पाइन्छ । अनियमित महिनावरी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni ४ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni १ महिना अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *