• Home
  • अन्तराष्ट्रिय खबर
  • सेनासँग विवादास्पद सम्झौता गरेका सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले राजीनामा
Image

सेनासँग विवादास्पद सम्झौता गरेका सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले राजीनामा

काठमाडौं । पुष १९ गते
केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गर्नु भएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिनु भएको छ । सेनासँग विवादास्पद सम्झौता गरेका उहाँले अहिले पदबाट राजीनामा दिनु भएको हो । सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उहाँको राजीनामा आएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका थिए ।

प्रदर्शनकारीमाथि सेनाले गोली चलाए पछि उहाँको राजीनामा आएको बीबीसीले जनाएको छ । सेनाको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि भएको छ । गएको अक्टोबरदेखि अहिलेसम्म सेनाको गोली लागेर ५६ जनाको ज्यान गइसकेको छ ।प्रधानमन्त्री ह्यामदकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्तिको मार्गका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया दिनु भएको छ ।

देशमा भइरहेको हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उहाँको भनाइ छ ।सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरमा विशाल प्रदर्शन भएका थिए ।त्यसको केही समय पछि सेनासँग सम्झौता गर्दै उहाँ फेरि प्रधानमन्त्री बन्नु भएको थियो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *