४५ दिने सिलाइ कटाइ तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बीरगंज महानगरपालिका ७न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए।उनले भने घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिलाइ कटाई तालिम सिपबाट घर परिबार तथा रोजगारमा राहत होस् ,भन्ने ऊद्देश्य रहेकोले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष महर्जनले आग्रह गर्नु भएको थियो।तालिमको उद्घाटन समारोहमा वडा सदस्य काशी साह तुरहा,मनोज मिश्रा तालिम संयोजक बंशीधर गुप्ता प्रशिक्षक पुरमिला कुमारी,सह प्रशिक्षक सब्बु खातुन ,राधा चौधरी लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।तालिममा ३०जना महिलाहरुको सहभागीता रहेको थियो।सरिता सीप कला केन्द्र बीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो। ।कार्यक्रम उद्घोष आकृती श्रेष्ठले गरेका थिए।













