Trending

नि:शुल्क लोक सेवा,शिक्षक सेवा तथा प्रहरी सेवा तयारी कक्षा उद्दघाटन:बिरगंज महानगरपालिका

1.1kViews
0 Shares


वीरगञ्ज,२८ माघ । बिरगञ्ज महानगरपालिकाले निःशुल्क लोकसेवको तयारी कक्षा सञ्चालनमा ल्याएको छ ।

निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभाबमा तयारी गर्न नसकेकाहरुलाई लक्षित गर्दै निशुल्क तयारी कक्षा सुरु गरिएको हो ।

लोक सेवा तयारी कक्षाको शनिबार महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको छ । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

निजामति प्रशासन, शिक्षक तथा प्रहरी सेवा क्षेत्रमा यहाँका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै महानगरले युवाका लागि तयारी कक्षा संचालन गरेको पनि उहाँले बताउनु भयो ।

तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुषको सहभागिता रहेको छ ।

महानगरले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागिहरुले बताएका छन् ।

महानगरले निशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिन पर्ने बाध्यता हटेको उनीहरुको भनाई थियो ।

राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै महानगर प्रमुख सिंहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउन भनेर तयारी कक्षा अघि बढाइएको उहांको भनाई थियो ।

तयारी कक्षामा वीरगञ्ज महानगरका विभिन्न वडा स्थानका युवाहरुको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनले तयारी कक्षा अगाडी बढाएको हो ।

सहभागीहरुलाई सुरज राम, श्यामबिनय चौधरी, सुरज कुमार यादव र हेमन्त यादव बंशीधर गुप्ताले प्रशिक्षण दिनुहुने छ ।

शनिबार आयोजित तयारी कक्षा उद्घाटन सत्रमा वडा नम्बर ३का वडाध्यक्ष बैजुलाल स्वर्णकार, कार्यपालिका सदस्य कनिका कौसिक, महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, सामाजिक विकास शाखा प्रमुख राजिब गिरी ,घरेलु तथा साना उधोग कार्यालयका उधोग प्रमुख धनंजय कुमार सिंह लगायतको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रम यू.डी.वाई सेफ कम्प्युटर एजुकेशनका संचालक प्रशिक्षक बंशिधर गुप्ताको सभापतित्वमा उदघाटन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय