• Home
  • ताजा समाचार
  • कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगन्जदेखि
Image

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगन्जदेखि

वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन बिहिवारदेखि सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगन्जदेखि सुरु भएको हो ।

वीरगन्जकै सेरोफेरो र यहाँकै कथा वस्तुमा आधारित सिरिजलाई पर्साकै बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी बलिराम चौहानले निर्देशन गरीरहेका छन् ।
सिरिजको कथा पनि चौहानले नै लेखेका हुन् । साइको, सस्पेन्स र थ्रिलर सम्बन्धी कथा वस्तु सिरिजमा हेर्न सकिने निर्देशक चौहानले बताए ।

४ वर्षदेखि कथा फुरेपनि त्यही कथाको विषयवस्तुलाई बलियो र दर्शकले हेर्न लायक बनाउन मेहनत गर्नुपरेको स्मरण गर्दै चौहानले भने, ‘कथा लेखेर मात्रै नहुने रहेछ, धेरै कुराहरु मिल्नुपर्ने रहेछ । सुरुमा मैले यही कथालाई ‘चकलेट’ शीर्षक दिएको थिएँ, तर पछि धेरै कुराहरु काटछाँट गरेर कान्तिपुर फिल्म एकेडेमीसँग भेटेर छलफल गरेपछि कथाको छायांकनको काम सुरु गरेका छौँ ।’
लेखक र निर्देशक चौहानसँगै सिरिजमा मुख्य भूमिकामा देखिने कलाकार पनि वीरगन्जकै हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी १८ वर्षीय कुल श्रेष्ठ (कमल ओझा) मुख्य कलाकारको रुपमा देखिदैछन् । उनी वीरगञ्जकै ग्लोबल बिजनेस कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।

‘अभिनयमा रुची भएपनि अवसरको खोजीमा थिएँ, त्यही समयमा यति ठूलो सिरिजमा मुख्य भूमिकामा अभिनय गर्न पाउनु मेरो लागि पनि गर्वको कुरा हो’, श्रेष्ठले थपे, ‘यो मेरो ड्रिम रोल हो, निर्माण पक्षले म माथि गरेको विश्वासलाई जित्न र कथालाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’

श्रेष्ठसँगै गीत बिष्ट पनि प्रमुख भूमिकामा छिन् । आलिशा बास्तोला, शबी थापा, दिलिप नेपाल, सुमित्रा अधिकारी, कपिल रसाईली लगायतको अभिनय सिरिजमा देख्न सकिने कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले जानकारी दिए ।

बलिराम चौहानले फिल्म बनाउने भनेर कथा ल्याएपनि कान्तिपुर फिल्म एकेडेमीले फिल्मभन्दा पनि वेब सिरिज बनाउन उपयुक्त ठानेर सिरिजको छायांकन सुरु गरिएको उनले बताए ।

पछिल्लो समय चलचित्रभन्दा पनि वेब सिरिजप्रतिको आकर्षण बढ्दै गइरहेको बताउँदै उनी भन्छन्, ‘विश्व बजारमा पनि फिल्मभन्दा वेब सिरिजप्रतिको आकर्षण बढ्दै गएको छ, हाम्रै छिमेकी देश भारतका चर्चित कलाकारहरु फिल्मभन्दा पनि सिरिजमै बढी व्यस्त देखिन्छन् । त्यसकै परिणामस्वरुप नेपालमा पनि बिस्तारै सिरिजको माहोल बन्दै गइरहेको छ ।’

चलचित्र हलहरुमा पनि व्यापार नहुने र दर्शहरुलाई पनि हलसम्म पुग्न भन्दा नेटफ्लिक्स, एमेजोन लगायतका डिजिटल प्लेटफर्महरुमा हेर्न सहज हुने अवस्थालाई मध्यनजर गर्दै सिरिज बनाउन सुरु गरिएको पुरीको भनाई छ । पुरीका अनुसार २ हप्तासम्म वीरगञ्जमै छायांकन हुने सिरिज ६ एपिसोडसम्मको हुनेछ । आगामी बैशाखदेखि टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत यसलाई रिलिज गर्ने कान्तिपुर फिल्म एकेडेमीको योजना छ ।

निर्देशक बलिराम चौहानलाई सुदिप कुवँर र अनिता स्याङ्वो र बिशाल राईले सघाइरहेका छन् । सुदिप मुख्य सहायक निर्देशकको रुपमा यस सिरिजसँग जोडिएका छन् भने अनिता सहायक निर्देशकको रुपमा आवद्ध भएकी छिन् । सुदिपले यसअघि छक्कापञ्जा, नाई नभन्नु ल, प्रदेशी लगायतका चलचित्रहरुमा पनि सहायक निर्देशकको रुपमा काम गरीसकेका छन् भने अनिताले पनि ‘नाई नभन्नु ल ६’ मा सहायक निर्देशकको रुपमा काम गरेको अनुभव बटुलीसकेकी छिन् ।

टलकजंग भर्सेस टुल्के, ठूली, श्री लगायतका चलचित्रको छायांकन गरेका छायांकर शेर बहादुर तामाङ्ले सिरिजको छायांकन गरीरहेका छन् । छायांकनमा तामाङ्लाई बिनोद क्षेत्री, गणेश दुलाल, जेमिन राइ र अर्नब श्रेष्ठले सघाइरहेका छन् ।
विशेष गरी अभिनय, छायांकन, भिडियो इडिटींग लगायतका विषयमा अध्ययन एवम् अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीले यसअघि ‘म’ चलचित्र बनाएको छ । यसका साथै अन्य विभिन्न शर्ट मुभी र विभिन्न परियोजनामा वृत्तचित्रहरु समेत बनाइसकेको एकेडेमीले जनाएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ९ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *