• Home
  • ताजा समाचार
  • अन्तराष्ट्रिय स्तरको भोजपुरी चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक
Image

अन्तराष्ट्रिय स्तरको भोजपुरी चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक


बिरगंज २१ माघ / नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ ।

श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेकाे भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्पेन्स, थिल, प्रेम प्रसंग, अपराध सँग जोडिएको कथा वस्तुमा निर्माण भईरहेको चलचित्र जनकपुर, सप्तरी र सुनसरीको विभिन्न लोकेशनहरुमा छायांकन गरिएको चलचित्रका लेखक तथा निर्देशक निराजन मेहता मन्जितले बताए ।

चलचित्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन प्राविधिक कुरामा विशेष ध्यान पुर्याईएको र कथा वस्तुमा पनि पुरै टीमले राम्रो मेंहनत गरेको निर्देशक मेहताले बताए । यो चलचित्रको धेरै कामहरु सम्पन्न भईसकेको हुनाले आगामी वैशाख अनितममा प्रदर्शनमा आउने बताए ।

लगातार डेर दशक देखि मैथिली र भोजपुरी चलचित्र क्षेत्रमा सक्रिय भई काम गर्दै आईरहेका निर्देशक मेहताले यो चलचित्र मैथिली र भोजपुरी दुई भाषामा बनाएको बताए । यो चलचित्र भारतको युपी र विरहर प्रान्तमा पनि लोकप्रिय हुने विश्वास निर्माण पक्षको रहेको छ ।

https://youtu.be/0McwoaSwZpE

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *