• Home
  • ताजा समाचार
  • बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को संयोजक्तामा गठित समिती ले तिब्रता
Image

बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को संयोजक्तामा गठित समिती ले तिब्रता

वीरगंज महानगरको बजार व्यवस्थापन तथा अनुगमन समिति ले अनुगमन तिब्र गरेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को संयोजक्तामा गठित समिती ले तिब्रता ल्याएको छ। अनुगमन को क्रममा प्रितम एण्ड रचना किराना पसल तथा अविनाश जेनरल स्टोर्समा भएका स्पायर समानहरु जफत गरि नष्ट गरेका छन भने अब देखि यस्तो बस्तु फेला परे कर्वाही गर्ने नसिहत सहित दिएका छन। वीरगंज महानगरपालिका वडा नं १३ राधेमाई स्थित प्रितम एण्ड रचना किराना पसल मा अनुगमन का क्रममा त्यस पसलबाट बिभिन्न किसिमका स्पायर भएका समानहरु जस्तै पास्ता ५ किलो ,पुजा घ्यु २४ डिबा (सानो),जुस सय ML तिन डिना, गोल्डेन ओके २/४ (१)सिसि,सोफि ( ६) सिसि, कुरकुरे ३० पकेट जफत गरेको छ साथै अनुगमन कै क्रममा वीरगंज महानगरपालिका वडा नं ८ गहवा स्थित अभिनास जेनरल स्टोर्स मा अनुगमन को क्रममा स्पायर समानहरु जस्तै पास्ता ५ किलो को २ (थान) पकेट,पुजा घ्यु २४ (थान) सानो डिना,जुस १००ML तिन डिबा दुबै पसलका समानहरु जफत गरी सिर्सिया खोलामा नष्ट गरिएको थियो। साथै प्रितम‌ एण्ड रचना किराना पसलका संचालक नरेस राउत कुर्मी तथा अविनाश जेनरल स्टोर्स का संचालक अविनाश कुमार कानुलाइ मुल्य सुचि राखन,व्यवसायि प्रमाण पत्र राखन,बिना लेबल को सामान बिक्री वितरण नगर्न ,स्पायर सामानहरू बिक्रि बितरण नगर्न अनुगमन टोलिले आदेश दिएको थियो ।गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबलाई आउने दिनहरु मा कार्वाही हुनेछ भनी जानकारी गराईयो। वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीको संयोजक उप-प्रमुख इम्तियाज आलमको संयोजकतत्वमा विभिन्न निकायका प्रतिनिधिहरु ले बिरगंज भरी अनुगमन गरेका छन। अनुगमन गर्ने वीरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास, कर्मचारी नेहा मिश्रा,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि मनिस गुप्ता ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव,जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली, वीरगंज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दासको उपस्तिथि रहेको थियो।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *