Trending

हामीले छोटो समयमा नै राम्रो उपलब्धि गरेका छौँ –माधवकुमार नेपाल

950Views
0 Shares


काठमाडौं पुस २३ गते । आफ्नो पार्टीले छोटो समयमा राम्रो उपलब्धि गरेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । एकीकृत समाजवादीनिकट नेवा समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले छोटो समयमा नै राम्रो उपलब्धि पाएको जिकिर गरेका छन् ।

उनले भने, ‘हामीले पार्टी बनाउनेबित्तिकै स्थानीय चुनावमा आउनुपर्‍यो । त्यसपछि प्रदेश र संघको निर्वाचन पनि आयो र हामी सहभागी पनि भयौँ । तर यहाँबाट प्राप्त उपलब्धिसँग हामी सन्तुष्टि छौँ ।’नेकपा एमालेमा दक्षिणपन्थी अवसरवाद देखा परेपछि आफूहरूले पार्टी छाडेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हाम्रो विद्रोहलाई जनताले अनुमोदन गरेका छन् । चुनावमा हामीले उठाएका उम्मेदवारमध्ये ५० प्रतिशतभन्दा बढीले जित्नुभयो ।’

समानुपातिक मतमा आफूहरूको चित्तबुझाइ नभएको तर, त्यसलाई सधैँ सम्मान गर्ने उनले बताएका छन् । उनले कमजोरीलाई स्वीकार्दै आगामी दिनमा अघि बढ्नुपर्ने र कुनै वाद, विवाद वा बहसबाट हामी डराउनुपर्ने कुनै कारण नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय