• Home
  • खेलकुद
  • नेपाल टी-२० : काठमाडौंलाई हराएपछि फारवेस्टको प्लेअफ सम्भावना कायमै
Image

नेपाल टी-२० : काठमाडौंलाई हराएपछि फारवेस्टको प्लेअफ सम्भावना कायमै

२१ पुस, काठमाडौं । फारवेस्ट युनाइटेडले नेपाल टी-२० क्रिकेटमा दोस्रो जित हात पार्ने क्रममा बिहीबार काठमाडौं नाइट्सलाई ८३ रनले पराजित गरेको छ ।

फारवेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ११४ रनमात्र बनाउन सक्यो । काठमाडौंका लागि तीव्र गतिका बलर कमल सिंह ऐरीले सर्वाधिक २०, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले १७/१७, ओपनर विरनदिप सिंहले १४ र सुनम गौतम १६ रन बनाए ।

फारवेस्टको लागि दुर्गेश गुप्ता, करण केसी र हस्मुतुल्लाह शहिदीले २/२ विकेट लिए भने शेर मल्ल र प्रकाश जैशीले १-१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो ।

फारवेस्टका ओपनरद्वय शाहिदी र भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । शाहिदीले पहिलो विकेटका लागि भण्डारीसँग १ सय ५७ रनको साझेदारी गरे । जुन जारी नेपाल टी-२० लिगको सबैभन्दा धेरै रनको साझेदारी हो । १६.३ ओभरमा अविनाश बोहराको बलमा क्याचआउट हुनु अघि भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्कासहित ७३ रन जोडे ।

शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्कासहित ७६ रन जोडे । करण केसी २२ रनमा अविजित रहे ।

काठमाडौंका वसिर अहमदले ४ ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।

प्रतियोगितामा ८ खेल खेलेको फारवेस्ट ६ हार र २ जितसहित ४ अंकका साथ तालिकाको पुछारमा छ । यद्यपि उसले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । ९ खेलमा ४ वटा जित र ५ हारपछि ८ अंक जोडेको काठमाडौं नाइट्स तेस्रो स्थानमा छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *