• Home
  • ताजा समाचार
  • ‘कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्छ’
Image

‘कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्छ’

२१ पुस, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनका लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार नेपाल कृषि सहकारी केन्दीय संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

पछिल्लो समय कृषि योग्य जमिनमा पल्टिङ गरी बस्ती बसाउने क्रम बढेको भन्दै उनले सरकारले कृषि उत्पादन बढाउन जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

सरकारको पहिलो काम नै कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गीकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिएपनि दबाबको कारण काम गर्न नसकेको बताए ।

नेपाल कृषि प्रधान देश भनिएपनि कृषि क्षेत्रमा धेरै पछाडि रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले कृषिमा आत्मनिर्भर भएर कृषि निर्यात मुलक देश बनाउनुपर्नेमा जोड दिए ।

देशमा ठूला उद्योगधन्दाहरु स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरुसँग प्रतिष्पर्धा गर्न समस्या रहेको भन्दै उनले देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए ।

नेपाली माटोमा कृषिको राम्रो उत्पादन गरियो भने अर्ग्यानिक कृषि उत्पादनलाई विदेशमा निर्यात गरेर मुलुकको अर्थतन्त्रलाई माथि ल्याउन सकिने उनले बताए । उनले कृषि क्षेत्रमा सहकारीमार्फत उत्पादन,बजार व्यवस्थापन र ढुवानी समेत गरेर सहुलियत मूल्यमा उपभोक्ताले पाउने तथा रोजागारी समेत सिर्जना हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा रहेका कानूनहरु कृषि उत्पादनमा बाधक भए कानुन संशोधन गरेर किसानमुखी कानुन बनाउनुपर्ने बताए ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ८ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *