• Home
  • ताजा समाचार
  • बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना
Image

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना

काठमाण्डाै पुस २१

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूले सरकार गठनका लागि आह्वान गरेका छन् । 

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि २५ गते बेलुका ४ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरूलाई आह्वान गर्नुभएको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ । 

एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । बाग्मतीमा कांग्रेससँग ३७, एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र राप्रपासँग १३ जना प्रदेश सभा सदस्य छन् । 

यस्तै लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको छ । शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिनुभएको हो । 

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ जना सांसदको आवश्यकता पर्दछ । एमालेसँग २९ र माओवादीसँग १० जना सांसद रहेका छन् । मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन । 

यस्तै कर्णाली प्रदेश प्रमुख तिलक परियारले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गर्न छ दिनको समय दिनुभएको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३ र एमालेका १० जना सांसद रहेका छन् । 

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले वा माओवादीको सरकार बन्ने सम्भावना रहेको छ ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ८ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *