• Home
  • ताजा समाचार
  • प्रहरीलाई लडाएर वालिङबाट भागेका बलात्कारका आरोपित पक्राउ
Image

प्रहरीलाई लडाएर वालिङबाट भागेका बलात्कारका आरोपित पक्राउ

काठमाण्डाै  पुस २१

स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका एक जना बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका ७ का २४ वर्षीय रमेश क्षेत्री गएको सोमवार प्रहरीलाई नै लडाएर भागेका थिए । क्षेत्रीलाई वालिङ नगरपालिका वडा नम्बर ४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो । फरार भएका क्षेत्रीको खोजीका लागि प्रहरीले जिल्लाबाट बाहिर जाने सबै नाकामा कडाइ गरेको थियो । 

क्षेत्रीलाई स्याङ्जाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ८ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *