कोलम्बोमा ‘लंका प्रिमियर लिग’, नेपालमा सट्टेबाजी

1.1kViews
0 Shares

२१ पुस, काठमाडौं । श्रीलंकामा ६ देखि २३ डिसेम्बरसम्म भएको लंक प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालबाट सट्टेबाजी भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नरदेवी बस्दै आएका भारतीय नागरिक भवनकुमार शर्मा र बुढानिलकण्ठका रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेर गरेको अुनसन्धानका क्रममा उनीहरुले श्रृलंकामा भएको खेलमा सट्टेबाजी गरेको खुलेको हो ।

काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार उनीहरुबाट बरामद मोबाइलको प्राविधिक जाँच गर्दा लंका प्रिमियर लिगसहित पाकिस्तानमा भएको पाकिस्तान र इंग्लयाण्डबीचको टेस्ट म्याचमा पनि सट्टेबाजी भएको खुलेको छ ।

पक्राउ परेका पोखरेलले बयानका क्रममा शर्माले आफूलाई ‘डाइमन्ण्ड एक्सचेन्ज’ नामक वेवसाइटबाट खाता खोलेर सट्टेबाजी गर्न सिकाएको बताएका छन् ।

प्रहरीका अनुसार उनीहरुले वेवसाइटमार्फत खेलमा कुन खेलाडीले कति रन लिन्छ, कति ओभरमा कति रन स्कोर गर्छ भनेर म्यासेजमार्फत पूर्वानुमान गर्ने गरेका थिए । उनीहरुले अन्य व्यक्तिहरुलाई पनि सट्टेबाजीमा संलग्न गराएको प्रहरीको भनाइ छ ।

सट्टेबाजीबाट भएको हारजितको रकम लिने काम पोखरेल कार्यरत जमनस्थित कान्तिपुर तन्दुरी ढावामा हुने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न र सट्टेबाजी गर्न नहुने व्यवस्था छ । यसरी सट्टेबाजीमा संलग्न भए बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय