• Home
  • ताजा समाचार
  • फिल्म ‘गोरखा’बाट पछि हटे अक्षय कुमार, कथावस्तुको प्रामाणिकतामा उठाए प्रश्न
Image

फिल्म ‘गोरखा’बाट पछि हटे अक्षय कुमार, कथावस्तुको प्रामाणिकतामा उठाए प्रश्न

काठमाडौं पुष २१ 

कथावस्तुमा असमझदारी भएपछि बलिउड अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । रचनात्मक मतैक्यता नहुँदा अक्षयले फिल्म छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९७१ को भारत-पाकिस्तान युद्धमा भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको वीरतामा फिल्म आधारित थियो । यो फिल्मलाई अक्टोबर २०२१ मा घोषणा गरिएको थियो । कथाको प्रामाणिकतामा प्रश्न उठेपछि अक्षयले फिल्मबाट बाहिरिने निर्णय गरेको स्रोतले खुलासा गरेको छ ।

स्रोतलाई उध्दृत गर्दै हिन्दूस्तान टाइम्स लेख्छ, ‘युद्धको समयमा मेजर जनरल कार्डोजोसँग अन्य भेट्रान पनि जोडिन पुगेका थिए । तर घटनाको तथ्यलाई लिएर केही प्रश्नचिन्ह अवश्य छन् । अक्षयलाई सशस्त्र बलप्रति उच्च सम्मान छ र शंकको छायामा हुन सक्ने कथासँग उनी जोड्न चाहँदैनन् ।’

यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो । मेजर जनरल कार्डोजोले ७१ को युद्धका क्रममा बारुदी सुरुङमा पाइला टेकेर खुकरीले आफ्नै खुट्टा काटेको बताइएको छ । गत वर्ष अगस्टमा रायले फिल्मको बारेमा सोध्दा आफूहरुले यसमा काम गरिरहेको र स्क्रिप्ट लक भएपछि फ्लोरमा जाने बताएका थिए । अक्षयका प्रवक्ताले थप विवरण नदिई आफूले उनले फिल्म नगर्ने पुष्टि गरेका छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni २ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *