• Home
  • ताजा समाचार
  • सप्तरीकाे झुटकीमा आगलागी हुँदा सात लाख रुपैयाँभन्दा बढीकाे क्षति
Image

सप्तरीकाे झुटकीमा आगलागी हुँदा सात लाख रुपैयाँभन्दा बढीकाे क्षति

काठमाण्डाै  पुस २१

सप्तरीकाे राजगढ गाउँपालिका-१ झुटकी गोठटोलमा हिजाे बिहान लागेकाे आगलागीबाट लाखाैँकाे क्षति भएकाे छ । 

धर्मनारायण यादवको गोठमा बालिएको घुरबाट सल्किएकाे आगाेले उहाँकाे दुईवटा घर र सम्पूर्ण समान जलेर नष्ट हुँदा ७ लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे हाे । 

आगलागीबाट धान, चामल, गहुँ, लताकपडा, नगद लगायतका समान जलेर नष्ट भएकाे प्रहरी चाैकी झुटकीले जनाएको छ । 

यस्तै, राजगढ गाउँपालिका-२ कमलपुरमा आगलागी हुँदा झन्डै एक लाख रुपैयाँभन्दा बढीकाे क्षति भएको छ । स्थानीय देवेन्द्र यादवको घरमा आगलागी हुँदा १ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएकाे छ। दुवै ठाउँमा लागेकाे आगाे स्थानीयवासी र प्रहरी, दमकलकाे सहयाेगमा हिजै आगाे निभाइएकाे प्रहरीले जनाएकाे छ । 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ९ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *