• Home
  • ताजा समाचार
  • नेपाल लोकस्टारलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने
Image

नेपाल लोकस्टारलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने

काठमाडौं पुष २१ 

लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन माघ ३ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । महत्वपूर्ण कुरा के छ भने यो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने भएकी छन् ।

‘नम्रतालाई होस्टको रुपमा हार्दिक स्वागत गर्दछौं,’ लोकस्टारले जनाएको छ । यसअघि कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनको रुपमा गायक प्रकाश सपुतको नाम सार्वजनिक गरिएको थियो ।

लोकस्टारको दोस्रो सिजन हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् ।

नेपाल लोकस्टार-२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *