Image

चिसोका कारण धनुषामा एक जनाको ज्यान गयो

काठमाण्डाै पुस २१

चिसोका कारण धनुषामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ का मनोज यादवको चिसोका कारण ज्यान गएको हो । चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।

जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ । चिसोमा कारण भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन् । तराईका जिल्लामा दिनभरजसो घाम लाग्दैन । चिसो देशैभर बढेको भए पनि बढी असर तराईका जिल्लामा परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडोबाट मानवीय क्षति नहोस् भन्नका लागि स्थानीय पालिकाले काम गरिरहेको बताए पनि त्यो प्रभावकारी देखिएको छैन । प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले शीतलहर र चिसोबाट जोगाउन पालिकाहरुसँग समन्वय भइरहेको बताउनु भएको छ । तराईका विभिन्न जिल्लामा शीतलहर चलेको छ ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *