Trending

स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा क्रिसमस पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

820Views
0 Shares

काठमाडौं । पुष १० गते
जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण इसाई धर्मालम्बीहरूमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको छ ।

हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्त्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एकआपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना सन्देश कामना भनिएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ ।प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा आग्रह गर्नु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय