• Home
  • ताजा समाचार
  • विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई महामन्त्री थापाको आग्रह
Image

विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई महामन्त्री थापाको आग्रह

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको उनले बताए ।

‘म त पुस २८ अघि नै भ्रातृ संस्थालाई पूर्णता दिऔं भन्ने पक्षमा छु । टुंगाउन सकिन्छ’, महामन्त्री थापाले भने, ‘भ्रातृ संस्थालाई पूर्णता दिएपछि केन्द्रीय समितिको बैठकमा सभापतिले विभाग गठनको प्रस्ताव गर्नुस् । हामीले त्यसलाई पास गर्छौं ।’

केन्द्रीय समितिको बैठक २८ पुसमा बोलाइएको छ ।

पार्टीले विधानले गरेको व्यवस्थाको प्रयोग गर्ने सर्वाधिकार सभापतिमा रहेको उनले बताए । सभापतिले विधानलाई कार्यान्वयन नगर्दा कतिपय विषयहरु अड्केका थापाले बताए ।

विधानसंगत कार्य नहुँदा मातहतका कार्यसमितिलाई पूर्ण रुपमा परिचालन गर्न नसकिरहेको उनले अप्ठ्यारो सुनाए । ‘तलका समितिलाई पूर्णता दिन पहिले हामीले पत्राचार गर्‍यौं । अहिले उनीहरुले प्रश्न गरे । पहिले केन्द्रको कमिटी पू्र्ण गर्नुुस् भनि तलबाट भन्ने स्थिति आएको छ,’ थापाले भने ।

महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने विधानको व्यवस्था छ । विधान अनुसार २८ वटा विभाग गठन हुनुपर्दछ । प्रत्येक विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु गरी बढीमा ५१ जना हुनेछन् ।

संघको निर्वाचन भएको ३ महिनाभित्र भ्रातृ संस्थाहरुको अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ । तर, भंग भएका १० मध्ये ५ वटा भ्रातृ संस्थाको मात्रै मूल नेतृत्व मनोनित गरिएको छ । मूल नेतृत्व मनोनित गरिएका ती भ्रातृ संस्थाले समेत पूर्णता पाउन सकेका छैनन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *