• Home
  • ताजा समाचार
  • रोनाल्डोले भने : युरोप र अमेरिकाको अफर त्यागेर साउदी आएको हुँ
Image

रोनाल्डोले भने : युरोप र अमेरिकाको अफर त्यागेर साउदी आएको हुँ

२० पुस, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको उनले बताए ।

एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो । पोर्चुगलका यी कप्तानका अनुसार उनलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट प्रस्ताव आएको थियो ।

‘म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ,’ मंगलबार क्लबको सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु । अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो ।’

अल नासरबाट रोनाल्डोले इतिहासमै सबैधन्दा धेरै पारिश्रमिक पाउनेछन् । सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उनले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन् ।

पाँचपल्ट बेलोन डी’ओर अवार्ड जितेका रोनाल्डोलाई तालीको गडगडाहटका साथ उनकै परिचित ‘सिउउ..’ सेलिब्रेसनद्वारा स्वागत गरिएको थियो । उनले क्लबकै एक अधिकारसँग सार्वजनिक बातचित गरे । पत्रकारहरुले प्रश्न गर्ने अवसर पाएनन् ।

‘मलाई थाहा छ यहाँको लिग प्रतिस्पर्धात्मक छ । मैले धेरै खेलहरु हेरेको छु । म आजदेखि खेल्नका लागि तयार छु । कहिले खेल्ने भनेर प्रशिक्षकको निर्णयमा भर पर्छ,’ रोनाल्डोले भने ।

अल नासरका प्रमुख प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरबका लागि ठूलो सफलता भएको बताए ।

‘मैले आफ्नो जीवनमा देखेकामध्ये महान खेलाडी क्रिष्टियानो रोनाल्डोजस्तो खेलाडीलाई प्रशिक्षित गराउनु सहज काम हुनेछ । किनभने उनलाई केहि सिकाउनु पर्दैन बरु उनीसँग म सिक्नसक्छु,’ फ्रान्सेली प्रशिक्षकले भने, ‘मेरो लक्ष्य क्रिष्टियानोलाई खुसी राख्नु हुनेछ । म चाहन्छु कि उनले अल नासरका लागि धेरैभन्दा धेरै जितको सन्तुष्टि पाउन् ।’

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni २ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *