• Home
  • ताजा समाचार
  • डोटी भूकम्प : क्षतिको विस्तृत तथ्याङ्क सङ्कलन गर्न २ महिनापछि पुग्यो प्राधिकरणको टोली
Image

डोटी भूकम्प : क्षतिको विस्तृत तथ्याङ्क सङ्कलन गर्न २ महिनापछि पुग्यो प्राधिकरणको टोली

काठमाण्डौ पुस २०,

गएको कात्तिक २३ गते डोटीको खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ६ रेक्टरस्केलको भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी पुगेको छ । भूकम्प गएको झण्डै दुई महिनापछि टोली डोटीमा पुगेको हो ।

भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै स्थानीय प्राविधिकहरुलाई अभिमुखीकरण गर्न टोली डोटी पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । विस्तृत अध्ययनको लागि विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकाबाट १३ जनाको जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियरसहितको टिम आएको हो । केन्द्रबाट डोटी पुगेको टोलीले यहाँका पालिका तहका प्रमुख, जिल्लाका सरोकारवाला निकायहरुलाई कार्य सञ्चालनको बारेमा जानकारी गराउनुका साथै सबैलाई सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणको टिमले आज बुधबारदेखि आफ्नो कार्यथालनी गर्ने जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प जाँदा तत्कालको समयमा गर्नुपर्ने आवश्यक राहत उद्धार लगायतका आवश्यक कार्य प्रभावकारी रुपमा सञ्चालन गरेको भए पनि पुर्ननिमार्णको लागि प्राधिकरणको टोली डोटी पुगेको हो । कात्तिक २३ गते बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको थियो । ७ जना घाइते भएका थिए । भूकम्पबाट आठ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ भने दर्जनौँ घरमा आंशिक क्षति पुगेको छ । भूकम्पपीडितहरुका लागि गैरागाउँमा अस्थायी टहरा निमार्णको काय गर्नको लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य अघि बढाएको प्रजिअ श्रेष्ठले बताउनुभयो ।

भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत तथ्यांक संकलन विश्लेषण गरी आवश्यकताको पहिचान गर्न स्थलगत रुपमा गई काम गर्न टोली डोटी पुगेको बिपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव ध्रुव खड्काले बताउनुभयो । क्षतिको विवरण संकलन गर्न डोटी पुगेको टोलीले पालिका तहका प्राविधिकहरुसँग प्राविधिक सीपको बारेमा जानकारी लिई संयुक्त रुपमा छिटो छरितो ढंगले तथ्यांक संकलन गरिने उप सचिव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विवरण संकलन गर्न पािलका तहले सहयोग गरेको अवस्थामा १०–१५ दिनमा काम सकिने र सहयोग गर्न नसकेको अवस्थामा १–२ महिनासम्म समय लाग्न सक्ने छ ।

विस्तृत अध्ययन पश्चात् तथ्यांक संकलन गरिसकेपछि मूल्यांकलनको आधारमा सहयोगको लागि सम्झौता गरिने प्राधिकरणले जनाएको छ । प्रभावितहरुलाई के कसरी, कति सहयोग गर्ने भन्ने सन्दर्भमा नेपाल सरकारले कार्यविधि बनाइसकेको र पारित हुने तयारीमा रहेको समेत उप–सचिव खड्काले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जिल्लाभिरमा भूकम्पका कारण कम्तिमा पनि पाँच हजार घरहरुमा पूर्ण तथा आंशिक रुपमा क्षति पुगेको छ । जस अन्तर्गत सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा र सबै भन्दा कम बोगटान फुडसिल गाउँपालिकामा रहेका घरहरुमा क्षति भएको छ । 

पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु अहिले पनि खुला चौरमा रात बिताउन बाध्य भएका छन् । त्रिपाल भएका र तरकारी उत्पादनका लागि पोली हाउस बनाएका केही बाहेक अन्यले खुला चौरमै बसेर रात बिताउन बाध्य भएका छन् । पोली हाउस भएकाहरु भने त्यहीँ बसेका छन् ।

भूकम्पपछि पराकम्प गइरहेकाले पीडितहरुमा थप त्रास बढेको त्यहाँका स्थानीयवासी भरत बोहोराले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पीडितले राहत पाएका छैनन् । जाडोको बेला भएकाले चिसोबाट बँच्न आगो बालेर रात बिताउने गरेको उहाँले गुनासो गर्नुभयो ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *