• Home
  • ताजा समाचार
  • यातायात सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
Image

यातायात सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाण्डाै  पुस २०

यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । 

काठमाण्डाै उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न दुई गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । 

उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनामा रहेकाे यातायात व्यवस्था कार्यालय तथा काठमाण्डाैको ठूलोभर्‍याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो । 

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितोरूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पुर्‍याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसङ्गत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताउनुभयो । यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।

वायु प्रदूषण गराउने १४ सवारीचालक कारबाहीमा

काठमाण्डाैको कलङ्कीमा मङ्गलबार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुँवा फाली वायु प्रदूषण गराउने १४ गाडीका चाकललाई कारबाही गरिएको छ ।  

बबरमहलमा रहेकाे वातावरण विभाग तथा काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कायालयबाट संयुक्तरूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको त्याे जाँच अभियानमा ४३ गाडीमा गरिएको  परीक्षणमा १४ गाडी असफल भए । 

त्यस क्रममा चालकलाई गाडी मर्मतपश्चात् तोकिएको जरिबाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 

यस्ता गाडीले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका गाडी चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो गाडीको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताउनुभयो ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २४ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *