• Home
  • ताजा समाचार
  • आर्यनको फिल्म ‘डिसेम्बर फल्स’ले तान्न सकेन दर्शक, मल्टिप्लेक्समा शो कटौती
Image

आर्यनको फिल्म ‘डिसेम्बर फल्स’ले तान्न सकेन दर्शक, मल्टिप्लेक्समा शो कटौती

काठमाडौं  पुष १८ 

फिल्म प्रदर्शनअघि ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजालले दुईवटा दाबी गरेका थिए । पहिलो- फिल्मले ९ करोड रुपैयाँ कमाउँछ र दोस्रो- यो फिल्म फाइभस्टारको मःम हो ।

निर्माताको दाबी विपरीत यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । ल्होसार र अंग्रेजी नयाँवर्ष २०२३ को छेकोलाई समेत फिल्मले आफ्नो हितमा प्रयोग गर्न सकेन ।

पहिलो सप्ताहन्तमै ‘वर्ड अफ माउथ’ प्राप्त गर्न नसकेपछि ठूला मल्टिप्लेक्सले शोमा कटौती गरेका छन् । शुक्रबार र शनिबार दुई दर्जन शो दिएको क्यूएफएक्सले सोमबार १६, मंगलबार ९ र बुधबार २ शो दिएको छ ।

बिग मुभिजले सोमबार तीन शो दिएको छ भने वान सिनेमाजले सोमबार पाँच र मंगलबार तीन शो दिएको छ । शो कटौतीको अर्थ फिल्मको व्यापारमा गिरावट आएको छ भन्ने हो । फिल्मले दर्शकलाई हलसम्म तान्न अपील सिर्जना गर्न सकेन । शुक्रबार ४० प्रतिशत हाराहारीमा ओपनिङ अकुपेन्सी रहे पनि सोमबारको अकुपेन्सी १० प्रतिशतभन्दा तल छ जुन निकै कमजोर हो ।फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत लगायतको अभिनय छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *