• Home
  • खेलकुद
  • वुमा खुला राष्ट्रिय कराते मंगलबारदेखि
Image

वुमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

१८ पुस, काठमाडौं । नेपाल गोजु-काई कराते डो संघको आयोजनामा वुमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ ।

वर्ल्र्ड युनाइटेड मार्सल आर्टस् (वुमा)बाट मान्यताप्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुस (मंगलबार र बुधबार) दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।

स्मार्ट पार्टी प्यालेस चावहिलको हलमा सन्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङहरुबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा संघले गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ ८-८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *