• Home
  • खेलकुद
  • पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने
Image

पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने

१८ पुस, काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् ।

प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ ।

आफूहरु सहभागी नहुने भएपछि खेलाडीलाई प्रदेशबाट खेलाडी रिलिज गरेको नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवालले जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले प्रतियोगितामा भाग लिन नपाउने भए पछि हामीले आइतबार नै खेलाडी रिलिज गरिसकेका छौं । उनीहरुले यस पटकको प्रधानमन्त्री कप प्रदेशबाट नै खेल्नेछन् । अर्को संस्करणमा भने हामी पुलिसबाट नै प्रतिस्पर्धा गर्नेछौं ।’

आयोजक नेपाल क्रिकेट संघ क्यानले पनि खेलाडीलाई प्रदेशबाट खेल्न अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले अनलाइनखबरलाई बताए । भने, ‘यसपटक खेलाडीहरुले प्रदेशबाट नै खेल्ने वातावरण मिलाएका छौं । पछि बोर्डले पुलिसको टिमलाई स्वीकृति दिएपछि पुलिसले नै उनीहरुलाई खेलाउने छ ।’

नेपाल पुलिस क्लब महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले पनि यस पटक आफूहरु पहिले जस्तै प्रदेश टिमबाट नै प्रतियोगितामा सहभागी हुने बताएकी छिन् । ‘हामी यस पटक प्रदेशबाट नै खेल्छौं । सबैले पहिले जस्तै प्रदेशमा नै रहेर यस पटक खेल्छौं । अर्को पटक पुलिसबाट नै सहभागी जनाउनेछौं ।’

गृहजिल्ला झापामा रहेकी रुविनाले प्रदेशबाट खेल्न पाउने भए पनि अहिलेसम्म प्रदेश टिमबाट भने खबर नआएको बताइन् । ‘क्यानबाट हामीलाई खेल्न पाउने अधिकारबाट वञ्चित नगराउने भन्ने भइसकेको छ । तर अहिलेसम्म प्रदेशबाट सूचना भने आएको छैन । अब पछि आउला हिजो त पुलिसले रिलिज गर्‍यो ।’

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *