• Home
  • खेलकुद
  • नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउँदै पोखरा
Image

नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउँदै पोखरा

काठमाण्डाै  पुस १८

नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डाै नाइट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डाैले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो । काठमाण्डाैका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए ।

पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने  प्रतिस जिसी र कुशल मल्लले समान १/१ विकेट लिए । काठमाण्डौले अहिलेसम्म ५ खेलमा तीनमा जित निकालेको छ भने दुईमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पोखरा भने ७ खेलमा दुईमा मात्रै विजयी छ ।

यस्तै, फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीचको खेल दिउँसो १ बजे हुनेछ । यो खेल पनि कीर्तिपुर मैदानमै हुनेछ । पाँच खेलमा एकमा मात्र विजयी भएको फार वेस्ट तालिकाको पुछारमा छ भने जनकपुर तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले अहिलेसम्म ६ खेल खेलेकोमा ४ मा जित निकालेको छ । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *