Image

लुम्बिनीका प्रदेश सांसदको शपथ पुस १६ गते

१३ पुस, काठमाडौं

 

लुम्बिनीका प्रदेश सभा सदस्यहरुको शपथ पुस १६ गते हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरुलाई १६ गते शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा दाङको देउखुरी उपत्यकास्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ गते शपथ ग्रहण र प्रदेश सभाको पहिलो अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकमीललाई जानकारी दिए।

बैठकले प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउने कार्यक्रम छ ।८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७,माओवादी केन्द्रबाट ९, राप्रपा र नागगरिक उन्मुक्ति पार्टीबाट ४–४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३ –३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एकजना तथा स्वतन्त्र तीनजना सांसद छन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १९ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २४ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *