• Home
  • ताजा समाचार
  • अमेरिकामा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुग्यो
Image

अमेरिकामा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुग्यो

 पुस १२ काठमाण्डाै

अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले जनाएको छ ।

मानिसहरू घरभित्रै तथा गाडीमै मृत भेटिएका छन् । हिमआँधी अर्थात् चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । सबैभन्दा बढी प्रभावित भएको बफेलो सहरका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताउनुभएको छ । ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरू पनि नराम्रोसँग प्रभावित भएका छन् ।सरकारी अधिकारीहरूले अत्यावश्यक नपरि घरबाहिर ननिस्किन सुझाव दिएका छन् । हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ । हिउँले सडकहरू बन्द भएका छन् भने सयौँ उडानहरू रद्द गरिएको छ । विभिन्न ठाउँमा लामो समयसम्म बिजुली सेवा बन्द भएको छ । चिसो घट्न अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन् ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *