• Home
  • खेलकुद
  • खेलकुद मन्त्रालयको स्तर उठाएँ : गहतराज
Image

खेलकुद मन्त्रालयको स्तर उठाएँ : गहतराज

१२ पुस, काठमाडौं

निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकासेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले मन्त्रालयको स्तर उठाएर बिदा भएको बताएका हुन् ।

लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेको, खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको, खेलाडीहरुको सम्मान र पुरस्कारका लागि नितिगत रुपमै आधार तयार गरेको लगायतलाई उनले आफ्नो कार्यकालको उपलब्धिको रुपमा ब्याख्या गरे । ‘मेरो १४ महिने कार्यकालमा मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरेको छु,’ उनले भने, ‘दीर्घकालिन महत्व राख्ने धेरै योजनाहरु सुरु गरिएको छ ।’

मन्त्रालयबाट बिदाई हुँदै गर्दा गहतराजले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिहरु समेटिएको हाते पुस्तक समेत सार्वजनिक गरेका थिए ।

विदाई कार्यक्रममा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल स्काउट र युवा तथा साना व्यवसायी कोषका पदाधिकारी सहित मन्त्रालयका कर्मचारीहरुको सहभागिता थियो । बिदाई कार्यक्रममा मन्त्रालयका सचिव गौतमले गहतराजलाई मायाको चिनो प्रदान गरेका थिए ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *