• Home
  • ताजा समाचार
  • देउवा गठबन्धन जाेगाइ राख्न सफल हुनुहुनेछ : मन्त्री कार्की
Image

देउवा गठबन्धन जाेगाइ राख्न सफल हुनुहुनेछ : मन्त्री कार्की

काठमाण्डाै पुस १०

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारूढ गठबन्धन जोगाइ राख्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । 

आज आइतवार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले गठबन्धन देशको आवश्यकता भएकाे जिकिर गर्दै त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

माओवादीका अध्यक्ष प्रचण्डको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि प्रचण्ड बैठकबाट बाहिरिनुभएको थियो । तर मन्त्री कार्कीले फेरि केहीबेरपछि बैठक बस्ने र सहमति हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन अहिले देशको आवश्यकता हो । केही समयपछि फेरि बैठक सुरु हुन्छ र हामी एउटा निर्णयमा पुग्छौँ । हामीले गठबन्धनलाई जोगाइ राख्न प्रयासरत छाैँ । प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गर्नुभएको एक हप्ताको समय आजै बेलुकी ५ बजे सकिँदैछ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *