Image

प्रचण्ड बालकाेटमा

काठमाण्डाै पुस १०

सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ । 

प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ । 

आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे ।

अहिले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठक बालकोटमा सुरु भएकाे छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग भेट गर्नुभएकाे थियाे ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १५ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni १५ घण्टा अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *