रोटरी क्लव अफ विरगन्ज मेट्रोपोलिस परिवारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
By Aadat
३ वर्ष अगाडि
Comments: 0

९ पुष, वीरगञ्ज । माइस्थान मन्दिर प्रांगण्को अगाडि (काल भैरव मदिर संगै रहेको खुल्ला पार्क) मा आज बिरगंजको रोटरी क्लव अफ विरगन्ज मेट्रोपोलिस परिवारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५ जना महिला सहित ५० जनाले रतदान गरेका थिए । रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष रविन श्रेष्ठ बताए छन्
क्लबका अध्यक्ष सुरेश गोर्खालीको अध्यक्षतामा भएको कार्यक्रममा अमित सर्राफ, दीपू वर्णवाल, प्रकश कर्ण , मनोज साह, मुना साह् कानु सौरभ वर्णवाल, प्रिती गुप्ता, रामविनय यादव, पियुश दारुका, मुस्कान अग्रवाल लगायत अन्यले रक्तदान गरेका हुन् ।
चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सचिव चन्दन सिंहले बताए ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि