Trending

काठमाडौंमा एलजी एयर सोलुसन्स सम्मेलन आयोजना

980Views
0 Shares

काठमाडौं  पुष ८

 काठमाडौंमा एलजी एयर सोलुसन्स सम्मेलन आयोजना गरिएको छ । एलजीका विभिन्न उपकरणहरुको बारेमा र तिनका उपयोगिताबारे जानकारी दिने उद्देश्यका साथ होटल अलफ्टमा सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षण एलनी बिजनेस सोलुसन्स अन्तर्गत रहेको मल्टी भीएफआर, एयर प्युरिफायर, डिहिम्युडिफायर, राउन्ड क्यासट एसी, इन्ट्राक्टिभ डिस्प्ले र डिजिटल साइनेज आदि थिए ।

सम्मेलन दुई सत्रमा विभाजित थियो । पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी एयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिएका थिए । साथै सीजी इलेक्ट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सका भावी योजनाबारे प्रस्तुति गरेका थिए ।

एलजी एयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा कोरियाका राजदूत पार्क चोङ सुकको विशेष उपस्थितिबीच ‘ऊर्जा दक्षतामा प्रविधिको भूमिका’ शीर्षकमा छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्ट रविन्द्रनाथ भट्टराई, अल्टरनेटिभ इनर्जी प्रोमोसन सेन्टरका सहायक डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभूतिमान सिंह, एलजी कोरियाका सियोन चोई र काठमाडौं युनिभर्सिटीका सहायक प्रोफेसर निरन्जन बास्ताकोटीले आ–आफ्ना धारणा राखेका थिए ।

एलजीसँग तीन दशकभन्दा अगाडिदेखि व्यवसायीक सहकार्य गर्दै आइरहेको चौधरी ग्रुप (सीजी)ले एयर सोलुसन्स व्यवसाय पनि एक दशकभन्दा अघिदेखि गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय