२०६४ र ७२ मै राष्ट्रपति पद अस्वीकार गरेको हुँ : माधव नेपाल
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकाङ्क्षी नरहेको बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यति बेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’
अध्यक्ष नेपालले यही गठबन्धन कायम रहने बताउँदै आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको दाबी गर्नुभयाे ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि