Trending

लियोनल मेस्सीले पीएसजीसँगको सम्झौता एक सिजन थपे

1.0kViews
0 Shares

७ पुस, काठमाडौं 

अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याएका छन् । २०२२ को डिसेम्बरमा सकिएको सम्झौता लम्बाउँदै उनी २०२३–२४ को सिजनमा पनि पीएसजीमा नै रहने भएका छन् ।

फ्रान्सको दैनिक पत्रिका लि पेरिसियनले बुधबार उक्त कुराको खुलसा गरेको हो ।

३५ वर्षीय मेस्सी सात पटक बालोन डी’ ओर विजेता हुन् । उनको टिमले आइतबार भएको फिफा विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो ।

‘डिसेम्बरको सुरुमा नै मेस्सीको सम्झौता अवधि सकिएको थियो । उनको सम्झौता कम्तीमा पनि एक वर्ष लम्बाइएको हो’, पत्रिकाले स्रोत खुलाउँदै लेखेको छ ।

यस विषयमा पीएसजीले भने खुलेर केही कमेन्ट गरेको छैन । पीएसजीका अध्यक्ष नसिर अल– खेलाफीले अघिल्लो महिना भनेका थिए, ‘मेस्सी लिग वान् च्याम्पियन भएका कारण खुसी थिए । उनको सम्झौता बढाउने बारे भने विश्वकप पछि कुरा हुनेछ ।’

अर्जेन्टिनालाई यसवर्षको विश्वकप जिताएका कप्तान मेस्सीले यस सिजको खेलमा पीएसजीका लागि १२ गोल र १४ असिस्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय