• Home
  • ताजा समाचार
  • काठमाण्डाै उपत्यकासहित तराईका जिल्लामा बाक्लाे हुस्सु
Image

काठमाण्डाै उपत्यकासहित तराईका जिल्लामा बाक्लाे हुस्सु

काठमाण्डाै  पुस ७

आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लाे हुस्सु, कुहिरो लागेकाे छ । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेकाे माैसमविद्ले बताएका छन् । हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या भएको छ । 

अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएकाे मौसमविद्हरुले बताएका छन् । काठमाण्डौ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले उडान र अवतरण ठप्प भएकाे छ । उडान अवतरण बन्द हुँदा हवाई यात्रा गर्नेहरुलाई असहज भएको छ । अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका विभिन्न भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आउँदाे २४ घण्टामा  तराईका केही भू–भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने  र देशका प्रायजसाे भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाे विभागले जनाएकाे छ । 

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *